राष्ट्रपति भण्डारीको म्यान्मारको राजकीय भ्रमण सम्पन्न

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ३ गते ३:३९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारमा गरेको पाँचदिने राजकीय भ्रमण पूरा गरेकी छिन् । राष्ट्रपति भण्डारी गत असोज २९ गते यहाँ पुगेकी थिइन् । भण्डारीले आजदेखि यही कार्तिक ५ गतेसम्म जापान भ्रमण गर्दै छिन् ।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यान्मारका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भयो । राष्ट्रपतिसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पनि भेट गरे।

राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलले नेपितमा जेम्स म्युजियम (रत्न पत्थर आदि सङ्ग्रहालय) को अवलोकन गर्यो ।

त्यस्तै पिन ऊ लिनमा दुर्गा मन्दिर, नेशनल कान्दायजी पार्क, प्राचीन मन्दिर चैत्य आदिको शहर बगानको भ्रमण, पुरानो राजधानी यङ्गोनमा आङ सान सङ्ग्रहालय, महाविजय चैत्य र श्वेदागोन चैत्य अवलोकन पनि भयो ।

यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका विभिन्न मुद्राका ३० मूर्ति पनि प्रदान ग(यो जुन लुम्बिनी विकास कोषको लुम्बिनी सङ्ग्रहालयमा राखिने छ।

श्वेदागोन चैत्य क्षेत्रमा राष्ट्रपतिले लुम्बिनी चित्रकला प्रदर्शनीको पनि उद्घाटन गरे । राष्ट्रपतिसँग नेपाली मूलका बर्मेलीहरुसँग भेटघाट हुनुका साथै म्यान्मा नेपाल मैत्री सङ्घ र म्यान्मा नेपाल चेम्बर अफ कमर्शको आयोजनामा विचार गोष्ठी पनि सम्पन्न भएको छ।

नेपालका लागि म्यान्माका राजदूतले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको पनि आयोजना गरेका थिए । राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल जापानी सम्राट्को यही कार्तिक ५ गते हुने राज्याभिषेक समारोहमा सहभागी भई कार्तिक ६ गते स्वदेश फर्कनेछ। रासस

२०७६ कार्तिक ३ गते ३:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर