स्वर्ण पदक विजेता नेपाली सेनालाई नेपाली दूतावास लण्डनको सम्मान

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ३ गते ८:१२

लण्डन । बेलायतमा हरेक बर्ष हुने सैनिक पट्रोल प्रतिस्पर्धा ‘क्याव्रियन पट्रोल २०१९’ का स्वर्ण पदक विजेता नेपाली सेनालाई नेपाली दूतावास लण्डनले विशेष सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा दूतावास लण्डनका महामहिम राजदूत डा दुबसु (दुर्गाबहादुर सुवेदी) र नेपाली सेनाका तर्फबाट साहेक रथि कुमारबाबु थापा द्घारा सयुक्त रुपमा ‘क्याव्रियन पट्रोल २०१९’ का विजेता नेपाली सेनाहरुलाई माल्यपर्ण गर्दै राजदूत सुवेदीले भने, ‘नेपाली सेनाको सान,मान, प्रतिष्ठा र अथक प्रयासका कारण विश्वभर छरिएका नेपालीहरुको शिर सधै उच्च रहने छ।’

नेपाली सेनाका टिम प्रबन्धक प्रमुख सेनानी असिमदेव गुरुङ र टिम कमाण्डर सह–सेनानी कसम श्रेष्ठ, व्रिगेड अफ गोर्खाजका व्यावस्थापन लगायत समुहलाई डा. दुबसुले दूतावास लण्डन र नेपाल सरकारको तर्फबाट विशेष सम्मान गरेका थिए।

सम्मान कार्यक्रममा प्रमुख सेनानी गुरुङले दूतावास लण्डनलाई श्री पशुपतिप्रसाद गण तथा ‘क्याब्रियन पट्रोल २०१९’ का तर्फबाट संझना स्वरुप मायाको चिनो दिएका थिए। बेलायतकालागि नेपाली सेना अधिकृत साहेक रथि थापाले नेपाली सेनाहरुलाई दूतावास लण्डनको कार्यशैली, भिषा प्रक्रिया र परिसरको अवलोकन गराएका थिए।

उक्त कार्यक्रममा निरोज अधिकारीले भने, ‘नेपाली सेनामा हुने हरेक बर्षको आन्तरिक प्रतियोगिताको नतिजाले यो प्रतिस्पर्धामा भाग लिन अवसर मिलेको हो।’ गणपतिको सैन्य नीति र बेलायती पहिलो गोर्खा रेजिमेन्टको व्यावस्थापन र बटालियनका तालिम प्रशिक्षक कलर साजन्र्ट खोविन्द्र गुरुङको अथक अभ्यासका कारण जुन उपाधि हात पारिएको हो।

नेपाली सेनाका धुर्व अधिकारीले भने, ‘बेलायती मौसम,डाडा काडा र खोलानालाले जति चुनौती दिए पनि हामी नेपाली सेनाले जसलाई यात्रा संझेर अघि बढिरहिम आखिर त्यो नै हाम्रो सफलता बन्यो।’ वेल्सस्थित बेलायती सेनाको अत्यन्त कठिन तामिक केन्द्र जहाँ मौसमको चुनौती र भौगोलिक क्षेत्रमा हुने यस प्रतिस्पर्धी सहभागिहरुले करिब ५० पाउण्ड तौल र लगभग ५० किलोमिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए।

२०७६ कार्तिक ३ गते ८:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर