प्रधानमन्त्री मोदीसँगै देखिए बलिउडका यी दुई खान लगायत चर्चित बलिउड कलाकार (भिडियोमा)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ४ गते ६:४७

बीबीसी। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिल्लीमा बलिउड अभिनेता शाहरुख खान, अमिर खान र कंगना रनौतसहित अन्य कयौं कलाकारसँग भेट गर्दै गान्धीको विचारधारका विषयमा चर्चा गरे।

प्रधानमन्त्री मोदीले यी फिल्मीकर्मीसँग चलचित्रमार्फत गान्धीको विचार र उनको जीवनको मूल्यको प्रचार–प्रचार गर्न अपील गरे।
प्रधानमन्त्री मोदीले भने–हाम्रो फिल्म, संगीत र नृत्य मानिस र समाजलाई जोड्ने एक राम्रो माध्यम बनेको छ।’

कार्यक्रममा अभिनेता शाहरुख खान, अमिर खान, कंगना रनौत, ज्याकिलन फर्नांडिस, निर्देशक इम्तियाज अली, एकता कपुर, अनुराग बसु, बोनी कपुरसहित कयौं दिग्गज कलाकार सहभागी थिए।

यी सबै कलाकार प्रधानमन्त्री मोदीसँग भेटेपछि निकै उत्साहित देखिएका थिए।

अमिर खानले भने–प्रधानमन्त्री मोदीसँगको यो भेट निकै शानदार रह्यो। उहाँको विचार सुनेर निकै राम्रो लाग्यो। उहाँको विचार निकै प्रेरणादायी थियो।’

कंगलना रनौतले भनिन्–मलाइ के लाग्छ भने यो पहिलो सरकार वा प्रधानमन्त्री हुन् जसले कला र कलाकारलाई यति राम्रोसँग बुझेको छ। फिल्मी उद्योगलाई यतिधेरै सम्मान पहिला कसैले दिएका थिएनन्।’

प्रधानमन्त्री मोदीले छलफलका क्रममा फिल्म जगतका हस्तीसँग डांडीमा बनाइएको गान्धी संग्राहलयमा जान सुझाव दिए। उनले भने–तपाइँहरुले स्टेच्यू अफ यूनिटी पनि जानुपर्छ। जहाँ देश र विदेशमा मानिस आइरहेका छन्।’

२०७६ कार्तिक ४ गते ६:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर