आज सोमबार बजारमा कति छ सुनको भाउ? हेर्नुहोस्…

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ४ गते ७:५९

काठमाडौं । आज साताको दोस्रो दिन (सोमबार) पनि सुनको भाउ स्थिर रहेको छ । अघिल्लो साता सामान्य उतार चढाव आएको सुनको भाउ यो हप्ता पनि स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार ४ सय तथा तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो आइतबार सुन प्रतितोला २ सय रुपैयाँ घटेर ७० हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

२०७६ कार्तिक ४ गते ७:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर