‘देशमा बसेर कलाकारिता गर्नु गल्ती भए हत्कडी लगाएर थुनिदिनुस्’

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ५ गते ३:४८

काठमाडौं । हास्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले सामाजिक सञ्जाल फेसबुकमा एक गम्भीर स्टाटस् लेखेका छन्। उनीहरुले लेखेका छन्, –‘यही देशमा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हातमा हत्कडी नै लगाएर थुनिदिनुस ११’

उनीहरुले यस्तो स्टाटस लेख्नुको कारण मिडिया हबसंगको विवाद देखिन्छ। यतिबेला ‘जिग्री–पाँडे’ टीमले निर्माण गरिरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’विरुद्ध प्रहरीमा उजुरी परेको छ। नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको टेलिश्रृंखलाको टिमविरुद्ध मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा प्रतिलिपि अधिकार उल्लंघनको उजुरी दर्ता गरेको हो। मिडिया हबले उत्पादन गरेको टेलिश्रृंखला ‘भद्रगोल’ का पात्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै प्रहरीमा उजुरी परेको हो।

उजुरीपश्चात प्रहरीले आईतबार यस विषयमा छलफल गर्न ‘पाँडे र जिग्री’को समूहलाई बोलाएको थियो। ‘उहाँहरुले हाल्नुभएको उजुरी हेर्यौ। उहाँहरुले धेरै पुरानो सम्झौता पेश गरेर उजुरी गर्नुभएको रहेछ। त्यहाँ हामीले पछिल्लो सम्झौताको प्रतिलिपि लगेका थियौं, त्यो बुझायौं’ अर्जुन घिमिरेले डिसी नेपालसंग भने –‘शुक्रबार ११ बजे दुवै पक्षबीचको छलफलका लागि बोलाइएको छ।’

उनका अनुसार ‘भद्रगोल’को एक सय ५२ एपिसोड पछाडि मिडिया हब र जेपीटी ९जिग्री–पाँडे० क्रियसनबीच नयाँ सम्झौता भएको थियो। नयाँ सम्झौतामा सिरियलको विषयवस्तु र पात्रहरुको सर्वाधिकार दोस्रो पक्ष ९जेपीटी क्रियसन० मा निहित रहनेछ भनेर स्पष्ट रुपमा उल्लेख गरिएको घिमिरे बताउँछन्। त्यस्तै सबै क्यारेक्टर आफूहरुको सिर्जना भएकाले मिडिया हबले दाबी गर्न नमिल्ने समेत उनी बताउँछन्।

तर, मिडिया हबले आफूहरुलाई थाहै नदिइकन ‘भद्रगोल’ को कपिराइट आफ्नो नाममा दर्ता गरेपछि ‘भद्रगोल’कै पात्रहरु लिएर जिग्री पाँडेले ‘सक्किगोनी’ नाममा नयाँ सिरियल निर्माण गरेको उनले बताए । अहिले ‘सक्किगोनी’ सिरियललाई पनि दर्शकले अत्याधिक रुचाएका छन्। यता मिडिया हबले नयाँ टिम बनाएर ‘भद्रगोल’ प्रसारण गरिरहेको छ।

दर्शकहरुको मन जित्दा जित्दै पटक–पटकको विवादमा आउँदा ‘जिग्री–पाँडे’ले त्यस्तो लेखेको बुझ्न सोचिरहनुपर्दैन।

२०७६ कार्तिक ५ गते ३:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर