मुन्द्रेको कमेडी क्लबमा चर्चित कलाकार आकाश र श्रृष्टि श्रेष्ठ, गरे यस्तो मस्ती (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ५ गते ४:१७

काठमाडौं । नेपाल टेलिजिनबाट प्रशारित बिल्कुलै नयाँ कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को ५१ औँ भाग सार्वजनिक भएको छ । हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरु पाहुना बनाएर ल्याइन्छ रमाइलो गफगाफ गरिन्छ ।

यसै सिलसिलामा यो हप्ता दर्शकहरुको निकै नै चर्चित कलाकार आकाश श्रेष्ठ र श्रृष्टि श्रेष्ठ आएका छन् अतिथिका रुपमा। यी कलाकारहरु आफ्नो आउँदै गरेको नयाँ फिल्म पोर्र्य पर्यो कालेको प्रमोसनको लागि आएका हुन् । चलचित्रमा नायिका पूजा शर्मा र नायक सौगात मल्ल पनि छन् तर आज यस कार्यक्रममा भने आकाश र श्रृष्टिमात्र आएका छन् ।

आज यस कार्यक्रममा अतिथिहरु साथै दर्शकहरुले निकै नै मस्ती गरेका छन् भने कार्यक्रमको माहोल नै छ्ट्टै भएको छ । यस कार्यक्रममा अध्यक्षको भूमिकामा सर्बाधिक रुचाइएको चलचित्र ‘छक्का पञ्जा ३’ की निर्देशक दीपाश्री निरौला रहेकी छन् भने कार्यक्रम संचालक चर्चित हाँस्य कलाकार जितु नेपाल अर्थात मुन्द्रे रहेका छन ।

त्यसै गरि चर्चित कलाकार राजाराम पौडेल घरबेटीको रुपमा, उमेश राई (फुलेन्देको आमा), राजेन्द्र नेपाली (लट्टे) र घरबेटीको साली बनेर लुनिभा तुलाधार अर्थात पवनकली पनि कार्यक्रममा सहभागी छन् ।

हेर्नुहोस् मुन्द्रेको कमेडी क्लवको ताजा एपिसोड …

२०७६ कार्तिक ५ गते ४:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर