तिहार विवादः घरमा म्हपूजा गर्ने दिन माइतीमा भाइटीका ! (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ५ गते ९:१९

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाडका रुपमा लिइने तिहार यस वर्ष विवादमा परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गरेको निर्णय आफ्नो परम्परा र संस्कृति विपरित भएको भन्दै नेवार समुदायले आपत्ती जनाएपछि अन्यौलता सिर्जना भएको हो ।

समितिको पात्रो अनुसार आगामी ८ गतेदेखि तिहार पर्व शुरु हुन्छ । समितिका अध्यक्ष प्राडा। रामचन्द्र गौतमका अनुसार ८ गते यमदीप दान र ९ गते काग तिहार पर्छ ।

कात्तिक १० गते कुकुर तिहार परेको छ भने सोही दिन बेलुका लक्ष्मीपूजा परेको छ । त्यस्तै गरी कात्तिक ११ गते गाई, गोरु र म्हपूजा गर्नुपर्ने गौतमको तर्क छ । सो दिन ९ बजेर ४३ मिनेटसम्म मात्रै औँशी तिथि रहेको र त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा सोही दिन गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै कात्तिक १२ गते प्रतिपदा तिथिमा सुर्योदय भएकाले नेपाल सम्वत ९न्हू दँ० सोही मनाउनुपर्ने गौतमको तर्क छ ।

भाइटीका द्वितीया तिथिमा गर्ने र कात्तिक १३ गते बिहान ६ बजेर १८ मिनेटसम्म मात्रै द्वितीया तिथि रहेकाले १२ गते नै भाइटीका गर्दा शास्त्र सम्मत हुने उनको दावी छ । सोही अनुसार पञ्चाङ्ग समितिले १२ गते मंगलबार बिहान ११ बजेर ५५ मिनेट जाँदा भाइटीकाको उत्तम साइट रहेको उल्लेख गरेको छ ।

विस्तृत जानकारीकोलागि हेर्नुहोस् केन्द्बिन्दु न्युजको यो भिडियो …

२०७६ कार्तिक ५ गते ९:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर