आज घट्यो सुनको मूल्य, चाँदीको स्थिर, हेर्नुहोस् कति छ ?

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ५ गते ९:१३

काठमाडौं । आज साताको तेस्रो दिन ९मंगलबार० सुनको भाउ घटेको छ । अघिल्लो साता प्राय स्थिर रहेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सोमबार सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा खासै परिवर्तन नआएको तथा अमेरिका र चीनबीच व्यापारिक गरिरोधको अन्त्यका लागि हुने भनिएको वार्ताको मिति तय नभएकाले पनि अन्तराष्ट्रिय बजारमा सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।

२०७६ कार्तिक ५ गते ९:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर