पक्राउ परेपछि दुर्गेशले युट्यूवबाट हटाए ‘तिहार गीत’

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ५ गते ९:४०

काठमाडौं । अन्ततः गायक तथा मोडल दुर्गेश थापाले ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको तिहार गीत युट्यूवबाट हटाएका छन् ।

केहि दिनअघि आफ्नै युट्यूवमा सार्वजनिक गरिएको उक्त गीत निकै आलोचित बनेको थियो । युट्यूवमा समाजिक सहिष्णुता बिगार्ने गीत भन्दै नकारात्म प्रतिक्रिया आउन थालेपछि कमेन्ट बक्स नै हाईड गरिएको थियो ।

यति मात्रै नभई गीतकाविरुद्ध सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । जिप्रकाले उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा मंगलबार महाशाखाले बालाजुबाट थापालाई पक्राउ गरेको छ । अहिले पनि थापा महाशाखामै छन् ।

थापा अहिले महाशाखामा छलफलमा भएको महाशाखाका प्रवक्ता एसपी केदार ढकालले बताए । उनले गाएको गीतले सामाजिक सहिष्णुतामा नै खलल पुग्ने भन्दै उजुरी परेको थियो ।

यसअघि थापाले चलचित्र ‘छ माया छपक्कै’का लागि गाएको प्रमोशनल गीत पनि विवादमा आएको थियो ।

 

२०७६ कार्तिक ५ गते ९:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर