अनावश्यक तौल घटाउन चाहानुहुन्छ ? हेर्नुहोस् यस्तो छ घरेलु उपाय (भिडियो रिपोर्ट)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ६ गते १:११

अहिले सबैको ध्याउन्न छ, शरीरलाई कसरी फिट एन्ड फाइन राख्ने भन्नेमा । खासगरी शरीरलाई चुस्त र आकर्षक बनाउने चक्करमा धेरैले आफ्नो खान्कीमा कटौती गरिरहेका छन् । उनीहरुको प्लेटको खाना घटेको छ । मेनुमा व्यापक कटौती भएको छ । खान मन लागिरहेको कुरा समेत छाड्नुपरेको छ । कारण, ओभरडाइटिङ हुने डरले ।

अहिले सर्बत्र के ट्रेन्ड छ भने, धेरै खाइयो भने मोटाइन्छ त्यसैले कम खानुपर्छ । स्लिम हुन चाहनेहरु त खानेकुराबाट भाग्न थालेका छन् । जबकी शरीरलाई आवश्यक पोषण तत्व भनेको खानेकुराको माध्यामबाट प्राप्त हुने हो ।

यदि खानेकुरा खान छाडियो भने शरीरमा पोषणको अभाव हुन्छ । हाम्रो शरीरको कार्यसंचालन राम्ररी हुन पाउँदैन । हामी उर्जाहिन हुन पुग्छौ । त्यसैले स्लिम हुने चक्करमा खानेकुरामा कटौती गर्ने होइन । यसको अर्थ यो पनि होइन कि, जथाभावी खानुपर्छ । स्वास्थ्यलाई हानी गर्ने खानेकुरा त बर्जित नै गर्नुपर्छ । यद्यपी स्वास्थ्यका लागि आवश्यक भोजन भने लिनुपर्छ ।

त्यसो त डाइटिङ गर्नेहरुका लागि यहाँ काइदाको उपाय छ । उनीहरुले ठोस खानेकुरा सेवन गर्न आवश्यक ठानेनन् भने तरकारीको जुस पिउन सक्छन् । यो सर्वोत्तम विकल्प हो । यसको केहि लाभ छ ।
– शरीरलाई आवश्यक पोषण प्राप्त हुन्छ ।

– सुपाच्य हुने भएकाले पाचन यन्त्र बलियो हुन्छ ।
– शरीरमा अनावश्यक मोटोपन बढ्दैन ।

कसरी पिउने ?
हामी फलफुलको जूस पिउन अभ्यस्त छौं, तर तरकारीको जूस विरलै पिउँछौं । तर, तरकारीको जूस हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।
हालैको एक अध्ययनले पत्ता लगाएको छ कि नियमितरुपमा तरकारीको जूस पिउनाले चाँडै तौल नियन्त्रण हुन्छ । डाइटिङ गर्ने व्यक्तिहरुका लागि तरकारीको जुस अत्यन्त लाभकारी हुन्छ ।

१. करेलाको जुस पिउँदा तितो हुन्छ, तर यो जुसले शरीरमा जम्मा भएको बोसोलाई पगाल्न सहयोग पुर्‍याउँछ ।

२. करेलाको जुसमा कागतिको रस हाल्दा झनै फाइदा मिल्छ ।

३. तौल कम कांक्रोको जूसले पनि महत्वपूर्ण भूमिका खेल्छ । यसले तौल मात्रै कम हुने होइन कि छाला पनि चम्काउँछ ।

४. हरेक दिन बिहान एक गिलास लौकाको जूस पिउनुपर्छ । यसमा अत्यधिक फाइबर र कम क्यालोरी हुन्छ ।

५. बन्दाकोभीको जूसले पनि तौल घटाउन सघाउ पुर्‍याउँछ । त्यसैले दैनिक एक गिलास बन्दाकोभीको जूस पिउने गरौं । बन्दाकोभीको जूसमा फ्याट कम गर्ने तत्वहरु हुन्छन् ।

६. नियमितरुपमा २-३ महिनासम्म २ सय५० ग्राम टमाटरको जूस पिउँदा पनि तौल कम हुन्छ ।

७. भिटामिन, प्रोटिन र कार्बोहाइड्रेडबाट भरपूर ब्रोकाउलीमा पनि फ्याट्स बिल्कुल हुँदैन । यसको जूस निकालेर पिउन सकिन्छ वा तरकारी बनाएर खान पनि सकिन्छ ।

८. हरियो सागको जूसले पनि वजन कम गर्न सहयोग गर्छ । आफ्नो स्वादअनुसार हरियो सागको चयन गर्न सकिन्छ ।

९. अरुबखडाको जूसमा कागतिको रस मिलाएर पिउँदा पनि तौल घट्छ ।

१०. नियमित रुपमा आरुको रस पिउनाले पनि तौल कम हुँदै जान्छ ।

थप जानकारीका लागि यी भिडियो पनि हेर्नुहोस् …

२०७६ कार्तिक ६ गते १:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर