एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ६ गते ३:२२

एजेन्सी । केलियन एम्बाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा लिग वान च्याम्पियन पीएसजीले बेल्जियमको क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले हराएको हो । बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका एम्बाप्पेले ह्याट्रिक गर्न सफल रहे । बाँकी दुई गोल ईकार्डीले गरे ।

एम्बाप्पेले २० बर्ष ३ सय ६ दिनमा च्याम्पियन्स लिगमा १५ गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । एन्जल डी मारियको पासलाई सदुपयोग गर्दै खेलको सातौ मिनेटमा ईकार्डीले पीएसजीलाई अग्रता दिलाएका थिए । तर दोस्रो गोलका लागि पीएसजीले लामो समय प्रतिक्षा गर्नुपर्यो ।

६१ औ मिनेटमा पीएसजीका लागि एम्बाप्पेले दोस्रो गोल गरे । त्यसको दुई मिनेटपछि ईकार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । डी मारियाको क्रसलाई सदुपयोग गर्दै ७९ औ मिनेटमा एम्बाप्पेले पीएसजीलाई ४–० ले अघि बढाए । ८३ औ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पुरा गरेका थिए ।

समूह एको खेलमा जित सहित पीएसजीले नकआउट चरणको नजिक लम्किएको छ । समूहको शीर्ष स्थानको पीएसजीले ९ अंक जोडेको छ । क्लब ब्रुगिस २ अंक सहित तेस्रो स्थानमा छ ।

२०७६ कार्तिक ६ गते ३:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर