आज बुधबार, शुभ अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ६ गते २:४८

आज मिति २०७६ साल कार्तिक ६ गते । तदनुसार सन् २०१९ अक्टोबर २३ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११३९ कौलागा । कार्तिक कृष्णपक्ष। दशमी, २१ः१४ उप्रान्त एकादशी तिथि, अश्लेषा नक्षत्र बुधबार ।

ग्रहफल

मेष
मनोरञ्जनमा दिन बित्नेछ । व्यवसायमा फाइदा मिल्नेछ ।

वृष
मित्रतामा आँच आउनेछ । विराधीले दुख दिनेछन् ।

मिथुन
साथीभाइको सहयोग मिल्नेछ । नयाँ काममा उत्साह थपिनेछ ।

कर्कट
धनसम्पत्तिको कारोबार बढ्नेछ । बोलीबचनले काममा सहायता मिल्नेछ ।

सिंह
नयाँ साथीसँग भेटघाट हुनेछ । पारिवारिक काममा खर्च बढ्नेछ ।

कन्या
यात्रामा झन्झट हुनेछ । शारिरीक बिसन्चो बढ्नेछ ।

तुला
व्यवसायमा लाभ मिल्नेछ । कृषि चौपायाबाट आम्दानी बढ्नेछ ।

वृश्चिक
राजनीतिक कर्मको फल मिल्नेछ । ठूलाबडाको साथ पाइनेछ।

धनु
धार्मिक भावना बढ्नेछ । सामाजिक पहिचान मिल्नेछ ।

मकर
काममा बाधा आउनेछ । साझेदारीमा झमेला आउनेछ ।

कुम्भ
व्यवसायिका यात्रा हुनेछ । दाम्पत्य पक्षबाट सहयोग मिल्नेछ ।

मीन
खेलकुद र प्रतिस्पर्धामा जित हुनेछ । माइती मावली पक्षबाट सहयोग आउनेछ ।

२०७६ कार्तिक ६ गते २:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर