हिजो घटेको सुनको भाउ आज फेरि बढ्यो, तोलाको कति पुग्यो ? हेर्नुहोस्

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ६ गते ७:५४

काठमाडौं । आज साताको चौँथो दिन (बुधबार) सुनको भाउ पुनः उकालो लागेको छ। हिजो तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ आज फेरि तोलामा २ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो (मंगलबार) छापावाल सुन प्रतितोला ७० हजार २ सय तथा तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

२०७६ कार्तिक ६ गते ७:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर