कार्तिक आर्यन र सारा अली खानको ब्रेकअप किन भयो ? जान्नुहोस् (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ६ गते ७:५६

बलिवुडका अहिलेका चर्चित प्रेमी कार्तिक आर्यन र सारा अली खानको ब्रेकअपको खबर आएको छ । टाइम्स इंडियाका अनुसार आफ्नो व्यस्तताका कारण आफ्नो प्रेम जीवनलाई पूर्ण विराम लगाएका छन् ।

ब्रेकअपपछि कार्तिक आर्यन मुम्बईस्थित एक स्टुडियोबाट बाहिर निस्किएको तस्वीरलाई संकेत गर्दै दुवैको ब्रेकअप भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

फोटोग्राफरहरुसँग सधै मुस्कुराएर प्रस्तुत हुने कार्तिकको अनुहारमा मुस्कान गायब देखिएको थियो । पापाराजीले फोटो लिन अनुरोध गर्दा कार्तिकले पोज दिन अश्विकार गरेका थिए । मिडिया रिपोर्टका अनुसार आफ्नो प्रोफेशनल लाइफमा निकै व्यस्त भएका कारण उनीहरु अलग भएको उल्लेख गरिएको छ ।

कार्तिक र साराले अभिनय गरेको फिल्म लव आजकल-२ को शुटिंग सकिएपछि कार्तिक पति पत्नी र वो र त्यस पछि दोस्ताना-२ को शुटिंगमा वेस्ट भएका छन् । त्यस्तै साराले कुली नम्बर वानको रिमेकको शुटिंग गरिरहेकी छन् । लगातार शुटिंगमा व्यस्त भएपछि एक अर्कालाई समय दिन नसकेपछि दुवै अलग हुने निर्णय गरेको बताइएको छ ।

भिडियो :

२०७६ कार्तिक ६ गते ७:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर