सङ्क्रमणकालीन न्यायलाई अघि बढाउन माग

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ७ गते १:२९

काठमाडौं। द्वन्द्व पीडित साझा चौतारीले नेपालको दशवर्षे सशस्त्र द्वन्द्वका पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई अविलम्ब अगाडि बढाउन माग गरेको छ । चौतारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा पीडामा पिल्सिरहेका आफ्ना नागरिकको पीडाको सुनुवाइका लागि इमान्दार भएर सङ्क्रमणकालीन न्यायको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “पीडामा मलम लगाउनका लागि तत्काल विश्वसनीय र ठोस कदम चाल्नु सरकारको उत्तरदायित्व भएकाले राजनीतिक स्वाथ्यको चपेटामा परेको सङ्क्रमणकालीन न्यायमाथि थप उदासिनता नदेखाउन र तत्काल पीडित समुदायको भावना र सर्वोच्च अदालतको फैसलाबमोजिम पक्रिया अगाडि बढाउन जोडदार माग गर्दछ ।”

चौतारीले यही कात्तिक १ गते सुर्खेतमा द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार हननका कारण युवा तथा बालबालिकामा पर्न गएको असर एवं कात्तिक ४ गते दाङमा गम्भीर मानव अधिकार उल्लङ्घनका कारण भएको यातना, अपाङ्गता तथा अङ्गभङ्गका कारण नागरिकले भोग्नुपरेको पीडा, क्षति, भोगाइ आदिका बारेमा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

पीडितहरु आफूले भोगेका पीडा उन्मुक्त भएर व्यक्त गर्ने र अलिकति भए पनि मन हलुका पार्ने अवसरबाट समेत शान्ति सम्झौता भएको १३ वर्षसम्म पनि बञ्चित नै छन् ।

२०७६ कार्तिक ७ गते १:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर