चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपालको प्रभाव विश्वभर बढ्यो : सरकारका प्रवक्ता

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ८ गते ०:५२

काठमाडौं। सरकार प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालले भारत, चीन र अमेरिकासँग समान ढंगले सम्बन्ध विस्तार गर्न चाहेको बताएका छन्।

मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपालको प्रभाव पनि विश्वभर पर्न गएको पनि स्पष्ट पारे। बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले नेपालमा चिनियाँ प्रभाव ह्वात्तै बढेको हो ? भनि संचारकर्मीहरुले जिज्ञासा राखेपछि मन्त्री बाँस्कोटाले नेपालको पनि प्रभाव चिनियाँ राष्ट्रपतिको भ्रमणपछि विश्वभर बढेको बताए।

‘नेपालले भारत, चीन, अमेरिका लगायतका देशसँगको सम्बन्धलाई थप विस्तार गर्न चाहेको छ,’ मन्त्री बास्कोटाले भने, ‘देशको हितमा लाभहरु लिन र साझा हितका निम्ति भारत, चीन र अमेरिकासँगसँगै अघि बढाउने नेपालको परम्परागत निर्णय नै हो ।’

मन्त्री बाँस्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि लगाइएको प्रतिवन्ध हटाउन नसकिने अडान पनि राखे। उनले चन्द नेतृत्वको नेकपालाई हिंसा छोडन र संविधानको पालना गरेर शान्तिपूर्ण राजनीतिको मूल धारमा आउन पनि सचेत गराए। मुलुकका निम्ति कुनै पनि खालको हिंसा स्विकार्य नहुने मन्त्री बाँस्कोटाको भनाई थियो ।

मन्त्री बाँस्कोटाले हिंसा जारी राखेर आफ्ना बन्दीहरुलाई रिहा गर्ने चन्द नेतृत्वको नेकपाले गरेको माग सम्बोधन हुनै नसक्ने पनि स्पष्ट पारे।

२०७६ कार्तिक ८ गते ०:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर