नेपाली फिल्म ‘सरौतो’को गीत ‘रिङ टिङ टिङ’ पुन सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ९ गते ५:२३

काठमाडौं । कात्तिक २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म “सरौतो”को आफ्नो फिल्ममा समावेश गीत ‘रिङ टिङ टिङ’ पुन सार्वजनिक गरेका छन् ।

कात्तिक २२ बाट प्रदर्शन हुने भनिएको फिल्म “सरौतो”ले आफ्नो प्रदर्शन मिति सारेको छ। फिल्म घामड शेरे सरेर र अन्य तीन फिल्म पनि एकै दिन अर्थात कात्तिक २२ मा नै प्रदर्शन हुने भएकाले “सरौतो”ले आफ्नो प्रदर्शन मिति सारेको हो।

निर्माण टिमले फिल्ममा समावेश ‘रिङ टिङ टिङ’ बोलको गीत पुन सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो। राजन राज शिवाकोटी शद्यन संगीत साथै आवाज रहेको गीत सार्वजनिक भएको हो । यस गीतमा उनलाई गायकीमा साथ दिएकीछिन् मिलन नेवारले ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ। फिल्ममा सुमी मोक्तान, लियो ट्यांक, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय , मनोज तामाङ लगायतको अभिनय रहेको छ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, शंकर महर्जनको एक्सन रहनेछ। फिल्मका गीतहरुमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङको स्वर दिएका छन्।

भिडियो हेर्नुस् :

२०७६ कार्तिक ९ गते ५:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर