नेकपा नेतृ कमला सुवेदीको निधन

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ९ गते ५:२९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको उपचारका क्रममा निधन भएको छ।

दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद तथा तत्कालिन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ सुवेदीको ५० वर्षकै उमेरमा उपचारका क्रममा निधन भएको हो ।

सुवेदीको शनिबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

उनको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए ।

सुवेदीलाई श्रदाञ्जली दिन पार्टीका महासचिव विष्णु पौडेल, नेताहरु अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यलगायतका नेता कार्यकर्ता पशुपतिआर्यघाट पुगेका थिए ।

२०७६ कार्तिक ९ गते ५:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर