गायिका प्राश्ना शाक्यको देउसी भैलो गीत बजारमा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ९ गते ७:५१

काठमाडौं । आजबाट तिहार सुरु भइसकेको छ भने आज तिहारको पहिलो दिन अर्थात काग तिहार । तीहार नेपालीहरुको दास्रो महान चाँडका रुपमा मनाइन्छ भने तिहार देउसी भैलो खेल्ने पर्वका रुपमा पनि परिचित छ ।

अहिले बजारमा तिहारका गीतहरुको भिड लागेको छ । यहि भिडमा गीतकार नुतुन भुषालले पनि देउसी भैलोको ‘तिहारको रमझम’ बोलको नयाँ गीत बजारमा ल्याएकी छिन् ।

प्रवासी भूमी इजरायलमा बस्ने भुषाल नेपाली सांगितिक क्षेत्रमा सक्रियता पूर्वक लाग्दै आएकी छिन् । उनको यो गीतमा गायिका प्राश्ना शाक्यले स्वर दिएकी छिन् भने दीपकराज विश्वकर्माको संगीत रहेको छ ।

बिरेन्द्र भट्टले छायांकन गरेको उक्त गीतमा प्राश्ना शाक्य, काजल शर्मा र आश्विन भुषाललगायतले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् भने भिडियो संग्स नेपालको युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोेस् भिडियो :

२०७६ कार्तिक ९ गते ७:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर