एकाबिहानै भूकम्पको धक्का

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १५ गते ४:३९

बुर्तिबाङ, बागलुङ । पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको खुङखानी नजिकै केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ ।

शुक्रबार बिहानै ३ बजेर ५१ मिनेट जाँदा ४.५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुूकम्पको पराकम्पन छिमेकी जिल्लाहरु पर्वत, कास्की, म्याग्दीमा समेत महसुस गरिएको छ । भूकम्पबाट कुनै भौतिक तथा मानविय क्षती भने भएको छैन ।

यसअघि कार्तिक ११ गते मुगुलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।

२०७६ कार्तिक १५ गते ४:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर