आज फेरि ह्वात्तै बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति ?

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १५ गते ८:२५

काठमाडौं । हिजो (बिहीबार) घटेको सुनको भाउ आज पुनः उकालो लागेका छ । बिहीबार ५ सय रुपैयाँ घटेको सुनको भाउ आज एकैदिन ७ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७१ हजार २ सय तथा तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासी महासंघले जनाएको छ।

यसअघि तिहारका दिन छापावाल सुन प्रतितोला ७१ हजार तथा बिहीबार ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउपनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

२०७६ कार्तिक १५ गते ८:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर