विल्सन विक्रमको ‘रातो घर’ युट्युबमा रिलिज (पुरा फिल्म)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १५ गते ८:३३

काठमाडौं। सुरज सुब्बा नाल्बाले निर्देशन गरेको नेपाली फिल्म ‘रातो घर’ युट्युबमा रिलिज गरिएको छ ।

फिल्म रातो घर कालो धन्दा गर्नेहरुको कथा हो, जहाँ मेनुका प्रधान, विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, अनुराग कुँवर, भानु प्रताप, उपसना नेम्वाङ, हेमराज बराइली र टेकनम शर्माको अभिनय छ ।

नेपालको पूर्वी क्षेत्र झापामा हुने अपराधिक क्रियाकलापमाथि आधारित भएर निर्माण भएको ’रातो घर’ मा विल्सनको कमेडी संवादले दर्शकलाई भरपूर मनोरञ्जन दिने जनाइएको छ । ’रातो’ को अंग्रेजी अर्थ डेन्जर हुन्छ । सोहि डेन्जरलाई लिएर फिल्म डेन्जर घर अर्थात ’रातो घर’ नाम राखिएको हो ।

मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको ’रातो घर’ का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ’रातो घर’ मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।

हेर्नुहोस् पूरा फिल्म …

२०७६ कार्तिक १५ गते ८:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर