यस्तो छ अनमोलले किनेको ८० लाखको कार, आफ्नै कमाइमा किनेपछि भए भावूक (भिडियो)
आजको खबर | प्रकाशित : २०७६ कार्तिक १८ गते ७:२७

काठमाडौँ । बाइकका लभर नायक अनमोल केसीले आफ्नै कमाईबाट किने ८० लाखको नयाँ कार । आज यस भिडियोमा हामी यसै विषयमा केन्दिरत रहेर विशेष कुराकानी गर्नेछौँ जुन हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्टमा आधारित रहेको छ ।
नायक अनमोल केसी जो पछिल्लो समयमा नेपाली फिल्म इण्डष्ट्रिका सर्वाधिक महँगा र सर्वाधिक डिमान्डेड नायक हुन्, जो नायक यतिबेला नयाँ सिनेमाका अफर नै अफरले घेरिएका छन् । तर अहिलेसम्म कुन सिनेमा गर्ने भन्ने कन्फ्युजनमा भने उनी रहेका छन् । नायक अनमोल केसीले चलचित्र धुपौरेमा काम गर्ने तयारी भने गरिरहेका छन् ।
नायक अनमोल केसी बाइकका निकै नै सौखिन हुन् । यदि उनले चढ्ने बाइक हेर्नेहो भने डुकाटी त्यस्तैगरी बेनेली लगायतका बाइक उनी चढ्ने गर्छन् । बेनेले बाइकका त उनी ब्राण्ड एम्बासडर नै हुन् । केही समयअगाडि मात्रै उनी बेनेले बाइकको एउटा शोरुममा समेत पुगेका थिए ।
उनै नायक अनमोल केसी अब भने गाडी चढेका छन् । अझ भनुँ नेपालको महँगो कार चढेका छन् । नायक अनमोलल केसीले लक्ष्मी पूजाका दिन आफ्ना पिता नायक भुवन केसीलाई लिएर एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालको हातबाट सेतो रंगको जिप कम्पास डेलिभरी लिएका हुन् ।
थप जानकारीका लागि भिडियो पूरा हेर्नुहोस् …