बारुदी सुरुङ बिस्फोटबाट नौ बालबालिका मारिए

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १९ गते ६:३६

काबुल । युद्धग्रस्त मुलुक अफगानिस्तानमा स्कुल जाँदै गरेका बालबालिका बारुदी सुरुङ बिस्फोटमा परेका छन् । प्रहरीका अनुसार शनिबार भएको बिस्फोटबाट प्राथमिक स्कुलका नौ जना बालबालिकाको मृत्यु भएको छ ।

यो बिस्फोट अफगानिस्तानको तखार प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा भएको थियो । अफगानिस्तानमा शनिबार पनि स्कुल खुल्ने गर्दछ ।

प्रान्तीय प्रहरीका प्रवक्ता खलिल आसिरले तखार प्रान्तमा तालिबान निकै सक्रिय रहेको जानकारी दिँदै सरकारी फौजले प्रान्तमा पछिल्लो समय सुरक्षा कारबाहीलाई तिब्र बनाएको बताए । उनले सरकारी फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको हुन सक्ने बताए ।

उक्त घटनामा मारिएका बालबालिका ९ देखि १२ वर्षका रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता आसिरले मारिने चार जना बालबालिका तालिबान समूहमा आबद्ध परिवारकै रहेको जानकारी दिए।

तालिबानले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

२०७६ कार्तिक १९ गते ६:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर