मलेसियामा नेपाली कामदारसहितका यात्रु बोकेको बस दुर्घटना

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १९ गते ४:४९

काठमाण्डौ । मलेसियाको तपाह भन्ने ठाउँमा यात्रु बोकेको बस दुर्घटना हुँदा नेपालीसहित १४ जना कामदार घाइते भएका छन् । सोमबार बिहान पाँच बजे भएको दुर्घटनामा इण्डोनेसियन र नेपाली गरी १४ जना कामदार घाइते भएको त्यहाँको स्थानीय पत्रिका ‘द स्टार’ले जनाएको छ ।

बस नर्थ–साउथ एक्सप्रेस वे नजिकै तपाह भन्ने ठाउँमा दुर्घटना भएको हो । पेनाङबाट आएको बस गेन्टिङ हाइल्याण्डतर्फ जाने क्रममा डिभाइडरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १९ देखि ४२ वर्ष उमेर समूहका कामदारहरु बसमा सवार थिए । उनीहरुले हिल रिसोर्टमा छुट्टि मनाउन भनेर बस बुक गरेका थिए ।

‘बसमा त्यहाँका स्थानीय र विदेशी (इण्डोनेसिया र नेपाल ) गरी ३० जना यात्रुहरु थिए तर तिनीहरुमध्ये १४ जनालाई सामान्य चोटपटक लागेको र उपचारको लागि तपाह अस्पतालमा लगिएको छ’, उनले भने, ‘हामी सडक यातायात ऐन १९८७ अन्तर्गत घटनाको अनुसन्धान गर्दैछौँ ।’

२०७६ कार्तिक १९ गते ४:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर