आजपनि घट्यो सुनको भाउ, चाँदीको पनि घट्यो, हेर्नुहोस्

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १९ गते ६:४६

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार (आज) सुनको भाउ पुनः ओरालो लागेको छ ।

आज छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ७० हजार ५ सय तथा रुपैयाँमा कारोबार भईरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँ तथा सोमबार ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउपनि आरोलो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

सोमबार चाँदी ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

२०७६ कार्तिक १९ गते ६:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर