चलचित्र ‘सुस्केरा’ पुष १८ गतेदेखि प्रदर्शनमा

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक २० गते ३:३०

काठमाडौं । नेपाली चलचित्र ‘सुस्केरा’को प्रदर्शन मिति तय गरिएको छ । तीन वर्ष अघि नै साम्तेन भुटियाको निर्देनमा छायांकन सकिएको यो चलचित्र पुष १८ गते प्रदर्शन हुने भएको हो ।

प्राविधिक कारणले चलचित्रको प्रदर्शनमा ढिलाई भएपनि त्यसले चलचित्रको विषयवस्तुलाई असर नगर्ने निर्माण पक्षको दावी रहेको छ ।

एसपी ढकाल र सिके ढकालको निर्माणमा बनेको यस फिल्मका लेखकसमेत निर्देशक साम्तेन नै हुन् । चलचित्रमा सुरक्षा पन्त र स्वरूप पुरुष ढकालको मुख्य भूमिका रहेका छ । उनका अलावा चलचित्रमा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि अभिनय रहेकोछ ।

‘सुस्केरा’ पूर्णत प्रेमकथामा आधारित फिल्म रहेको निर्देशक भुटियाले बताए । ‘लभ भन्नेबित्तिकै जुन सोचाइ हाम्रो छ, त्यसभन्दा केही फरक गर्ने प्रयास फिल्ममा गरिएको छ’ निर्देशक साम्तेनले भने ।

केही प्राविधिक कारणले रोकिएको चलचित्र सोमबार वितरण सम्झौता भएसँगै पुष १८ गतेबाट दर्शकमाझ आउने पक्का भएको हो । फिल्मलाई काठमाडौंमा करण क्रेजी श्रेष्ठको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

२०७६ कार्तिक २० गते ३:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर