फिल्म ‘पोई पर्यो काले’को नयाँ गीत ‘मायाले’ सार्वजनिक (भिडियो)
आजको खबर | प्रकाशित : २०७६ कार्तिक २० गते ४:५३

काठमाडौँ । शिशिर राणाको कथा तथा निर्देशन बनेको फिल्म ‘पोई पर्यो काले’को नयाँ गीत रिलीज भएको छ । चर्चित गायक प्रेम परियारको आवाजमा रहेको “मायाले” बोलको गीत सार्वजनिक भएको हो ।
कात्र्तिक ८ अर्थात २५ अक्टोबरमा रिलिज भएको फिल्म पोई पर्यो काले’को हिजो मात्रै सार्वजनिक भएको यस गीतमा रघु परियारको शब्द रहेको छभने संगीत दिएका छन् पुरुषोत्तम न्यौपानेले । सिचा ढकालको सिनेम्याटोग्राफी र तार थापा (किम्भे)को सम्पादन रहेको यस गीतको भिडियोमा फिल्मका मुख्य पात्रहरु आकाश, पुजा, सौगात र श्रृष्टि फिर्चड छन् ।
कात्तिकको ८ गतेबाट रिलिज हुने फिल्ममा दिपक मनाङ्गे र सरोज नेपालीको लगानी रहेको छ ।
हेर्नुहोस् गीत :
२०७६ कार्तिक २० गते ४:५३ मा प्रकाशित