अष्ट्रेलियाकाे शानदार जित, स्मिथको अर्धसतक

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक २० गते ३:२१

एजेन्सी । पाकिस्तानविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाले शानदार जित निकालेको छ । क्यानबेरामा मंगलबार भएको खेलमा अष्ट्रेलियालाई पाकिस्तानले ७ विकेटले हराएको छ ।

पाकिस्तानले दिएको १ सय ५१ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा स्मिथले अविजित रहदै अर्धशतकीय इनिङ्स खेले । ५१ बलमा उनले ११ चौका र १ छक्काको मद्दतले ८० रन बनाए । यस्तै बेन डेर्मोटले २१ तथा डेभिड वार्नरले २० रनको योगदान गरे ।

पाकिस्तानका मोहमद इरफान, इमाद वासिम र मोहमद आमिरले समान १–१ विकेट हात पारे ।

यसअघि टस टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । पाकिस्तानका इफ्तिकार अहमद र कप्तान बाबर आजमले अर्धशतकीय इनिङ्स खेले । अहमदले अविजित ३४ बलमा ५ चौका र ३ छक्काको मद्दतले ६२ रन बनाए ।

यस्तै बाबरले ३८ बलमा ५० रन बनाउँदा रन आउट भए । मोहमद रिजवानले १४ तथा इमादले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । अष्ट्रेलियाका अस्टन अगरले २ तथा केन रिचार्ड्सन र पाट कमिन्सले समान १–१ विकेट हात पारे ।

जितसँगै तीन खेलको टी–ट्वान्टी सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । यसअघि पहिलो खेल वर्षका कारण नतिजा विहिन सकिएको थियो । तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल शुक्रबार हुनेछ ।

२०७६ कार्तिक २० गते ३:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर