आज मलेसियन रिँगिट बाहेक सबै देशको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति ?

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक २० गते ४:१९

काठमाडौं । आज साताको चौँथो दिन (बुधबार) मलेसियन रिँगिट बाहेक सबै देशको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ४१ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ५८ पैसा र बिक्रिदर १४६ रुपैयाँ ३६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ७० पैसा तथा बिक्रिदर ३ सय ७३ रुपैयाँ ६८ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३ सय रुपैयाँ ८३ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर …

२०७६ कार्तिक २० गते ४:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर