नेपालले टस जितेर बलिङ रोज्यो, फस्ट क्लासमा कप्तान ज्ञानेन्द्रको डेब्यु

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक २० गते ५:२०

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्व नेपालको तीन दिवसीय क्रिकेट आजदेखि सुरु हुँदैछ । नेपाल भ्रमणमा रहेका एमसीसीसंग नेपालले पहिलो फस्ट क्लास क्रिकेट खेल्न लागेको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ।

नयाँ कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गर्दैछन् । करिब १४ बर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । सन् २००५ मा नेपालले युएईविरुद्व त्रिवि मैदानमा तीन दिवसीय क्रिकेट खेलेको थियो । नेपालले नामिबियाको मैदानमा घरेलु टोलीविरुद्व अन्तिम पटक फस्ट क्लास क्रिकेट खेलेको थियो । त्यसयता नेपालले फस्ट क्लास क्रिकेट खेलेको छैन ।

नेपाल भ्रमणमा रहेको एमसीसीले यसअघि नेपालको यू–१९ र राष्ट्रिय टिमसंग एकदिवसीय क्रिकेट खेलेको थियो । उमेर समुहको टिमलाई हराएको एमसीसी सिनियर राष्ट्रिय टिमसंग भने पराजित भएको थियो । लगत्तै एमसीसीले मिक्स टिम सहित यू–१९ टिमसंग र पोखराको टिमसंग टी–ट्वान्टी म्याच खेल्नेछ ।

२०७६ कार्तिक २० गते ५:२० मा प्रकाशित

FACEBOOK COMMENTS

One thought on “नेपालले टस जितेर बलिङ रोज्यो, फस्ट क्लासमा कप्तान ज्ञानेन्द्रको डेब्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर