सेल्फ डिफेन्स सिकेर गाउँका एक-एक पुरुषहरुलाई भर्कुदै महिलाहरु (भिडियो)
आजको खबर | प्रकाशित : २०७६ कार्तिक २० गते ६:५५

काठमाडौँ । नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ ।
नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँस्य श्रृङ्खलाहरु बन्द भएको समयमा पनि प्रसारणमा आइरहेको मेरी बास्सैले भने अहिले हाँस्य ब्यङ्ग्यसँगै सामाजिक विषयवस्तुहरूमा पनि आफ्ना सामाग्रीहरू तयार पारिरहेको छ ।
प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खला मिडिया हबले उत्पादन गर्दै आएको छ भने युट्युबमा पनि यसलाई अत्याधिक रुचाइएको छ ।
मनराजा नकर्मीले निर्देशन गर्दै आइरहेको “मेरी बास्सै” हाल ६२७ भागसम्म आइपसगेको छ भने यसको ताजा एपिसोड युट्युबमा सार्वजनिक गरिएको छ । यस एपिसोडमा महिलाहरुलाई सेल्प डिफेन्सको बारेमा बुझाइएको छ र सिकाइएको छ जसको असर गाउँका पुरुषहरुमा परेको छ । हेर्नुहोस् कसरी ….?
हेर्नुहोस् “मेरी बास्सै”को भाग – ६२७ :
Thanks for the info, it helped me make the right decision. https://willysforsale.com/author/mostbetaze45site/
Thanks for the interesting information.