पेट्रोलियम पद्धार्थको मुल्य घट्यो
आजको खबर | प्रकाशित : २०७६ असार २ गते ३:४६
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको छ । दुबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ ।
नयाँ मुल्यअनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।
२०७६ असार २ गते ३:४६ मा प्रकाशित