आज झन् घट्यो सुनको भाउ, चाँदीपनि खस्कियो

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक २० गते ७:४६

काठमाडौं । आज साताको चौँथो दिन बुधबार (आज) सुनको भाउ झन् ओरालो लागेको छ। आज सुन तोलामा ६ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि आइतबार छापावाल सुनको भाउ प्रतितोला ७१ हजार २ सय, सोमबार ७१ हजार रुपैयाँ, मंगलबार ७० हजार ८ सय थियो।

आज सुनको भाउसँगै चाँदीको भाउपनि आरोलो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

२०७६ कार्तिक २० गते ७:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर