नेपाली ज्वाई गोविन्दा नेपालमा, नेपालीमा बोलेर श्रीमतीलाई पट्याए (भिडियो)
आजको खबर | प्रकाशित : २०७६ कार्तिक २० गते ८:२६

काठमाडौँ । नेपाली ज्वाई तथा बलिउड सुपरस्टार गोविन्दा नेपाल आइपुगेका छन्। वीरगंजमा आउँदो बिहीवारदेखि शनिवारसम्म चल्ने तीन दिने नेपाली चलचित्र स्वर्णीम महोत्सवमा सहभागी हुन उनी नेपाल आएका हुन्।
गोविन्दा आफ्नी पत्नी सुनिता र नायिका निरुतासिंहसहित एउटै प्लेनमा मुम्बईबाट हिजो अपरान्ह साढे ४ बजे काठमाडौं आईपुगेका हुन् । उनको स्वागतका लागि महोत्सव संयोजक तथा नेपाल चलचित्र निर्माण संघका अध्यक्ष आकाश अधिकारी र अनय मिडियाहरु एयपोर्ट पुगेका थिए ।
काठमाडौं त्रिभुवन एयरपोर्टमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गोविन्दाले भनेका छन्, ‘मेरा दर्शकको मायाले फेरी नेपाल आएको छु, मेरो आगमनले नेपाल–भारतको सम्बन्धमा थप उचाईमा पुर्याउने छ।’
उनले अरु के के भने तथा थप कुराकानी हेर्नको लागि पूरा भिडियो हेर्नुहोस् …
२०७६ कार्तिक २० गते ८:२६ मा प्रकाशित