९ महिनामा भैरहवा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते १३:२६

काठमाडौँ । सरकारले नौं महिना भित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले नौं महिना भित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने घोषणा गरेका हुन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ६० प्रतिशत सम्पन्न भईसकेको जानकारी पनि दिएका छन्।
मन्त्री अधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विहान ६ बजेबाटै आन्तरिक उडान सुरु गर्ने तयारी पनि भईरहेको बताए। मन्त्री अधिकारीले लुम्विनीमा बुद्ध सर्किट निर्माण गर्न भारत सरकारसँग सहमति गरिएको पनि बताए।
२०७५ साउन १६ गते १३:२६ मा प्रकाशित