खुट्टाले विमान उडाउने विश्वकै पहिलो पाइलट जेसिका नेपाल आउदै

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १३:३४

काठमाडौं । खुट्टाले विमान चलाउने विश्वकै पहिलो पाइलट जेसिका कक्स नेपाल आउने भएकी छ्न।

आउदो सेप्टेम्बरमा उनी नेपाल आउन लागेकी हुन । ह्याण्डीक्याप इन्टरनेशनल लगायतसंघ संस्थाको निमन्त्रणामा उनी नेपाल आउन लागेकि हुन। स्थलगत अध्ययनसँगै नेपालको अपाङ्गता क्षेत्रमा अभिप्रेरणा र थप जागरुकता सिर्जना गर्न उनलाई नेपाल भ्रमणको निम्तो दिइएको आयोजकले जनाएको छ।

जन्मदेखि नै दुबै नभएकी कक्स विमान चालकको इजाजत पत्र पाउने यस्ती एकमात्र पाइलट हुन् । उनी खुट्टाले जहाज चलाउने गर्छिन। उनले १० अक्टोबर, २००८ मा पाइलटको लाइसेन्स पाएकी थिइन् । सामान्यतयास् एउटा मानिसलाई उडान कला सिक्न ६ महिना लाग्छ । जेसिकाले भने तीन वर्षसम्मको अथक प्रयास र तालिमबाट मात्र विमान उडाउन सफल भएकी हुन्।

उनले आकाशमा उडाउने मात्रै होइन, सडकमा गुडाउने ड्राइभरको लाइसेन्स समेत प्राप्त गरेकी छन्। जेसिका तेक्वान्दोको ब्याल्कबेल्ट पनि हुन् । सन् १९८३ मा अमेरिकाको अरिजोना राज्यमा जन्मेकी जेसिकाले मनोविज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेकी छिन्।

२०७५ साउन २२ गते १३:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर