प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न अदालतको आदेश

आजको खबर   |    प्रकाशित : २०७५ साउन २७ गते १३:५४

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ।

जब्बरजस्ती चन्दा संकलन गरेको अभियोगमा पक्राउ परेका प्रवक्ता प्रकाण्डमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमै राख्न आदेश दिएको हो।

आईतबार अदालत पु¥याइएका उनलाई थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गर्न प्रहरीले माग गरेको थियो। यस अघि प्रहरीले प्रवक्ता प्रकाण्डको अनुसन्धान गर्न अदालतबाट ५ दिनको समय लिएको थियो।

गत श्रावण २२ गते साँझ पार्टी कामको शिलाशिलामा हेटौंडाबाट काठमाडौं आउने क्रममा प्रवक्ता प्रकाण्ड २ जना सहयोगीसहित काठमाडौंको टौदहबाट पक्राउ परेका थिए।

प्रकाण्डले उद्योगी व्यवसायीहरुबाट करिव ७ करोड चन्दा असुली गरेको दावी सहित प्रहरीले चन्दा ऐन अन्तरगत मुद्दा चलाएको छ।

२०७५ साउन २७ गते १३:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर