करवृद्धिको व्यापक विरोध भएपछि सरकारले छानविन समिति बनायो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते १५:०१

काठमाडौं । जनस्तरबाटै व्यापक विरोध भएपछि सरकारले करको विवाद समाधान गर्न समिति गठन गरेको छ। अर्थमन्त्रालयले सहसचिवको संयोजकत्वमा करको विवाद समाधानका लागि दुई वटा छुट्टा छुट्टै समिति गठन गरेको हो।

संघीय मामिलमा तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठन भएको समितिले संघ, प्रदेश र स्थानीय तहबीच उत्पन्न कर विवाद र करका दरसम्बन्धी सवालहरु सम्बोधन गर्न सरकारलाई सुझाउने छ।

यस्तै उद्योग व्यवसायीले दोहोरो करबारे उठाएका सवालाई सम्बोधन गर्न अर्थमन्त्रालयले राजश्व महाशाखका प्रमुख हरिशरण पुडासैनीको नेतृत्वका व्यवसायी सहितको समिति बनाएको छ । संघ, प्रदेश र स्थानीय तहमा दोहोरो पर्ने गरी कर निर्धारण गरिएको व्यवसायीको दाबीमाथि छानविन गरेर सlमतिले सुझाव दिनेछ।

२०७५ भदौ १ गते १५:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर