एसपी डिल्लीराज विष्ट निलम्वित, सकारले गर्यो यस्तो निर्णय
आजको खबर | प्रकाशित : २०७५ भदौ ९ गते १२:४०

काठमाडौं । कञ्चनपुर घटनालाई लिएर व्यापक आलोचना भएपछि अन्तत सरकारले प्रहरी नायब उपरिक्षक डिल्लीराज विष्टलाई निलम्वित गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ। यसैगरि प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेठी र प्रहरी उपरिक्षक एकेन्द्र खड्कालाई मुख्यालय तानेको छ।
१३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् ।
आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ । तर, नयाँ नेतृत्व पुगेकै दिन एक बालकको प्रहरीको गोलीबाट मृत्यु भएको छ।
शनिबार गृह मन्त्रालयमा भएको बैठकमा मन्त्री रामबहादुर थापा बादलले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन्।