पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ भदौ १४ गते ६:४४

ओखलढुङ्गा । ओखलढुंगाको मोलुङ गाउँपालिका–८ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
गएराती माथिबाट आएको भीषण पहिरोले घर पुरिँदा स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईको घर परिँदा राई सहित उनका श्रीमती ४० वर्षीया धन कुमारी राई, उनका दिदी ५५ वर्षीया मित्रमाया राई तथा ३ वर्षीय छोरा आशिषको मृत्यु भएको हो ।
बुधबार मध्यराती करिब एक बजे घरमाथिबाट झरेको पहिरोले सुतिरहेको अवस्थामा उनीहरु चारैजना पुरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। स्थानीय र प्रहरीको सक्रियातामा उनीहरुको शव निकालिएको छ ।
२०७५ भदौ १४ गते ६:४४ मा प्रकाशित