सबै समितिका सभापति निर्विरोध

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते ३:१४

काठमाडौँ। प्रतिनिधिसभाका दश विषयगत समितिका सभापतिहरू निर्विरोध भएका छन्।

बिहीबार भएको मनोनयन दर्तामा विषयगत दशवटै समितिमा एकरएक मात्र मनोनयन परेको छ। प्रतिनिधिसभा नियमावलीको नियम १७३ (४)अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ।

दशमध्ये ६ समितिको नेतृत्व महिलाले गर्ने निश्चित भएको छ। संसदीय इतिहासमा पहिलोपटक विषयगत समिति सभापतिमा महिलाको बर्चस्व बनेको हो। निर्विरोध निर्वाचित भएको घोषणा भने सम्बन्धित सभापतिले शुक्रबार गर्नेछन्।

मनोनयन अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिमा उम्मेदवारी दिएको छ। लेखा समितिमा कांग्रेसका सांसद् भरतकुमार साहको एकल मनोनयन परेको छ । साहको प्रस्तावकमा राजेन्द्रकुमार केसी र समर्थकमा मीना सुब्बा रहेकी छन् । दश विषयगत समितिमा प्रमुख विपक्षी दलको हैसियतमा कांग्रेसले एक मात्र लेखा समिति पाएको हो ।

अन्य नौ विषयगत समितिमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० र संघीय समाजवादी फोरमले बाँडफाँड गरेका छन् । नेकपाले आठ र फोरमले एक समितिमा उम्मेदवारी दिएको छ । फोरमले पाएका समिति उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विमल श्रीवास्तवको एकल मनोनयन परेको छ।

नेकपाले पाएको आठ समितिमध्ये अर्थ समितिमा कृष्णप्रसाद दाहालको मनोनयन परेको छ। दाहालको प्रस्तावकमा विष्णुप्रसाद पौडेल र समर्थकमा हरिराम अधिकारी रहेका छन्। यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेलको मनोनयन दर्ता भएको छ।

कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेलको मनोनयन परेको छ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीको मनोनयन परेको छ।

महिला तथा सामाजिक समितिमा निरुदेवी पालको मनोनयन परेको छ। राज्य व्यबस्था समितिमा शशी श्रेष्ठको मनोनयन परेको छ। विकास समितिमा कल्याणी खड्काको मनोनयन परेको छ। शिक्षा तथा स्वास्थ्य समितिमा पनि नेकपाकै जयपुरी घर्तीको मनोनयन भएको छ।

२०७५ असोज ५ गते ३:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर