कक्षा ११ को परीक्षाफल प्रकाशित, नतिजा हेर्ने तरिका सहित

आजको खबर   |    प्रकाशित : २०७५ असोज २० गते १३:४१

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बाँकी विवरण आउन बाँकी छ। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमिततर्फ ३,३२,८९१ अक्षराङ्कन पद्धतीमा आंशिकतर्फ १,७६,०९५ र अंक प्रणालीमा ३९,५०५ विद्यार्थीले परीक्षामा सहभागि भएका थिए । परीक्षा फारम भरेका मध्ये २० हजार अनुपस्थित भएका थिए।

नियमिततर्फ जिपिए ३.६१ देखि ४ सम्म ल्याउने ११४५ विद्यार्थी छन्।
जिपिए ३.२१ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,
जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् ।
त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,
जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०,
जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन्
जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६,
जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र
जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन्।

अंकाङ्कन पद्धतीमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन्। कक्षा ११ को परीक्षा गत ९ जेठमा सम्पन्न भएको थियो। यो पटक पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए । कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो । विगतका वर्षको तुुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक हुुन लागेको शर्माले दाबी गरे।

गत वर्ष परीक्षा वैशाखजेठमै सञ्चालन भएपनि नतिजा भने पुुस वा माघमा मात्रै सार्वजनिक हुुने गरेको थियो । यस पटक पनि नतिजा विषयगतरुपमा ग्रेडिङमा सार्वजनिक भएको छ। बिद्यार्थीहरुले नतिजा neb.edusanjal.com मा हेर्न सक्नु हुनेछ र बिद्यालयहरुले आफ्नो बिद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न सक्नु हुनेछ।

त्यसै गरी नतिजा राष्ट्रिय परीक्षा बोर्डको http://www.neb.gov.np/results र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट पनि हेर्न सकिने छ।

नेपाल टेलिकमको एसएमएस गर्ने तरिका :

NEB टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाउन सकिन्छ भने नतिजा प्रकाशित भए पनि वेबसाइटहरुमा अपलोड हुन समय लाग्ने हुनाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा थाहा पाउन केही समय लाग्न सक्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

२०७५ असोज २० गते १३:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर