काठमाडौंमा फोहर व्यवस्थापन गर्न महानगरलाई सकस

आजको खबर   |    प्रकाशित : २०७५ असोज २८ गते १:४६

काठमाडौँ । काठमाडौंमा फोहर व्यवस्थापन गर्न महानगरपालिकालाई सकस परेको छ। कहिल्यै फोहोर फाल्ने ठाउँ उपयुक्त भेटिदैन त कहिल्यै फोहोर फालेको ठाउँले अरुलाई यसर गर्छ। फोहोर व्यवस्थापन गर्नका लागि सधैं महानगरपालिकालाई यस्तै समस्याहरुले अल्झाइरहन्छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले काठमाडौँ महानगरले शहरी क्षेत्रमा उत्पन्न फोहर व्यवस्थापन गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन्।

नेकपा–१४ बल्खुले कुमारी क्वल तथा त्यस आसपास क्षेत्रमा आज आयोजना गरेको सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै उनले स्वस्थ्य र स्वच्छ समाज निर्माणमा काठमाडौँ महानगरको सक्रियता सन्तोषजनक भएन भने।

नेता श्रेष्ठले फोहर व्यवस्थापनका लागि स्थानीय तहले विभिन्न रचनात्मक कार्यक्रम बनाएर लागू गर्नुपर्ने बताए। नदी तथा सार्वजनिक स्थलमा जथाभावी फोहर मिल्काउनेलाई कडा दण्ड दिनुपर्ने बताउँदै उनले भने, “घरको आगन सफा राख्नुपर्छ, हरियाली बनाउन सबैले सहयोग गर्नुपर्छ र फोहोर जथाभावी मिल्काउन हुँदैन।”

२०७५ असोज २८ गते १:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर