राष्ट्रियता विरोधी आरोप लाग्दै आएका सिके राउतको थुनछेक सुनुवाईमा के के भयो ?

आजको खबर   |    प्रकाशित : २०७५ असोज २९ गते ०:५१

पर्सा । अलग्गै मधेशको माग गर्दै आएका चन्द्रकान्त (सिके) राउतलगायतको थुनछेक बहस आगामी कार्तिक १ गते पनि हुने भएको छ। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा आइतबार बहस नसकिएपछि आगामी कार्तिक १ गते पुनः सुनुवाई हुने भएको हो।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश डिल्लीराज आचार्यको एकल इजलासमा आइतबार बहस नकिएपछि थप कागजातसमेत झिकाई कार्तिक १ गते पुनः बहस हुने भएको अस्थायी इजलास वीरगन्जका निमित्त रजिष्टार लक्ष्मीकान्त झाले बताए।

‘गैरन्यायिक हिरासतबाट मुक्त गर्न भनी शिव नारायण पण्डितले दिएको निवेदनका आधारमा राउत र उनीसँगै थुनामा परेका अरू चार जनाको बहस केही बाँकी रह्यो’ उनले भने। उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीश डिल्लीराज आचार्यको एक इजलासमा बहस भएको थियो।

राउतको रौतहट जिल्ला अदालतमा चलिरहेको मुद्दाका विषयमा पनि कुरा जोडिएर आएपछि ती कागजातसमेत झिकाई पुनः सुनुवाई हुने भएको निमित्त रजिष्टार झाले बताए।

राष्ट्रियता विरोधी आरोप लाग्दै आएका राउतको पक्षमा वकिलहरू रामनारायण कुर्मी, लालबाबु यादव र विरेन्द्र यादवले बहस गरेको भए पनि अरू पनि ३/४जना वकिलहरूको पालो आउनै बाँकी रहेको उच्च अदालत अस्थायी इजलास वीरगन्जले जनाएको छ।

राउतलाई गएको असोज २१ गते रौतहटबाट पछिल्लो पटक नेपाल प्रहरीले राष्ट्रियता विरोधी गतिविधि गरेको भन्दै पक्राउ गरेको थियो।

पटक पटक पक्राउ पर्नु र अदालतबाट छुटकारा पाउँदै आउनुलाई न्यायालयमा नरम कुरा र जनता सामु कडा कुरा गर्ने तपाईको डबल स्टाण्डले त होइनरु भनी संचारकर्मीहरूले राखेको जिज्ञासामा भने राउतले आफू गैरन्यायिक हिरासतमा भएकोले अहिले ‘नो कमेन्ट’ भनि पन्छिएका थिए।

यो प्रश्न राउत न्यायालयबाट बाहिरिदै गर्दा संचारकर्मीहरूले सोधेका थिए। यता राउतलाई उच्च अदालत परिसरमा ल्याएपछि उनका समर्थकले अदालतको गेटबाहिर नाराजुलस गर्न थालेपछि पर्सा प्रहरी मातहतको प्रहरीले ४ महिलासहित २८ जनालाई नियन्त्रणमा लिएको छ।

२०७५ असोज २९ गते ०:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर