मन्त्रीको भिसा च्यातिएपछि भ्रमण नै रद्द
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १८ गते २:४४

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वेलायत भ्रमण रद्द भएको छ।
बेलायतले नेपालीका लागि भिसा भारतस्थित दूतावासबाट दिने गरेको छ।
भारतीय दूतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिसा च्यातिएको पाइएपछि उनको शनिबार हुने भनिएको भ्रमण नै रद्द भएको छ।
नोभेम्बर ५ देखि ७ सम्म लन्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालका तर्फबाट सहभागी हुन जान लागेका मन्त्री अधिकारीलाई भीएफएस ग्लोबल नेपालले च्यातिएको भिसासहितको राहदानी दिएपछि उनको भ्रमण रद्द भएको हो।
भिसा लागेको राहदानी लापरबाहीका कारण च्यातिएको मन्त्रीको सचिवालय सदस्य ध्रुव पोखरेलले जानकारी दिए। आजको नेपाल समाचापत्रबाट
२०७५ कार्तिक १८ गते २:४४ मा प्रकाशित