यसरी खुल्दै छन्, पूर्वराजा ज्ञानेन्द्र शाहका अतिगोप्य कक्षहरु

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ४ गते ३:०६

काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयको रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालय अन्तर्गत गणेश हिमाल तर्फका ९ वटा कक्ष खुल्ने भएको छ।

लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो। देशमा विषम परिस्थिति हुदा पूर्वराजा ज्ञानेन्द्रले समेत गणेश हिमाल तर्फका विभिन्न कक्षमा अति गोप्य भेटघाट गर्ने गर्नु भएको थियो। पूर्वराजा वीरेन्द्रको वंशनासपछि केही समय नारायणहिटी राजदरबारबाट शासन संचालन गर्दा पूर्वराजा ज्ञानेन्द्रले गणेश हिमाल तर्फका विभिन्न कक्षमा कुटनितिक नियोग र राजनीतिक व्यक्तिलाई भेट गर्ने गरेका थिए।

कार्यालय समयपछि खुला हुने ती कक्षमा गोप्य कुराकानीका लागि प्रयोग गर्ने गरिएको थियो। गणेश हिमाल कक्ष नजिक गोप्य रुपमा सवारी साधन प्रवेश गरेपछि कुन समयमा को संग भेटघाट गर्ने भन्ने विषय अन्य कसैलाई जानकारी हुदैन थियो।

ज्ञानेन्द्र र वीरेन्द्रले गोप्य भेटघाट गर्ने कक्ष खुल्ने

निजी तर्फका दुई –तीन निजी कर्मचारी बाहेक पूर्वराजाले को संग भेट गर्नुभयो विषयमा भन्ने समेत जानकारी नहुने गरी गोप्य रुपमा ती कक्षहरु प्रयोग हुदै आएको थियो ।

वीरेन्द्रले प्रयोग गरेका सबै कक्ष पूर्वराजा ज्ञानेन्द्रले प्रयोग गरेका थिए। देशमा २०६२–२०६३ सालको आन्दोलन चर्किएको बेला पूर्वराजा ज्ञानेन्द्रले गणेश हिमाल कक्षको विभिन्न कोठामा विभिन्न निकायका उच्च राजनितिक दलका नेता,कुटनीतिक नियोगका प्रमुख,राजदूत लगायतका उच्च अधिकारीसंग विशेष भेटघाट गर्ने गरेका थिए। विभागले यही मंसिर ९ गते पूर्व राजाका अति गोप्य बैठक कक्ष खुला गर्ने भएको छ।

गणेश हिमाल तर्फको सप्तरी, सुनसरी, सिराहा, धनुषा, पर्सा, कपिलवस्तु, झापा, इलाम र सिन्धुली, कक्ष खुला गर्ने भएको छ।
‘हामी रंग रोगन गरी सामग्री सजाउने काममा लागेका छौ‘–नारायणहिटी संग्रहालयका प्रमुख अद्धैतप्रकाश श्रेष्ठले भने–बांकी जानकारी कक्ष खोलेपछि गरौला ।

खोलिने तयारीमा रहेका कक्ष मध्य झापा र इलाम कक्षमा पूर्व राजाको अति गोप्य भेटघाटको रुपमा प्रयोग गरिन्थ्यो । पूर्वराजाले ती कक्षहरुमा आफ्ना केही निजी कर्मचारी बाहेक अन्यलाई प्रवेशमा पूर्ण रोक लगाइएको थियो।

हाल खुल्न लागेको कक्षहरु मध्य केही पूर्वराजाले कार्यालय समय पछि मात्र खोल्ने र भेटघाट गर्न प्रयोग गर्ने गरेका थिए। इलाम कक्षमा पुर्वराजाले हरेक हप्ताको बिहीबार प्रधानमन्त्रीसंग गोप्य भेटघाट गर्ने गरेका थिए।

ती मध्य सुनसरी कक्षमा छाँया दर्शन गर्ने र जनैपुर्णिमा रक्षा बन्धन लगाउन प्रयोग गरिन्थ्यो। खोल्ने तयारीमा रहेको सिन्धुली कक्ष स्वर्गिय रानी एश्वर्याको श्रृंगार र पोशाक कक्षको रुपमा प्रयोग गरिएको थियो । सप्तरी कक्षमा पूर्व राजा स्व। वीरेन्द्र र ज्ञानेन्द्रको जन्मोत्सवमा आमा रत्नलाई संगै राखेर भोजन गराउने कक्ष हो। सिराहामा आराम गर्ने र धनुषामा खाना खाएपछि आराम गर्ने कक्ष रहेको संग्रहालय प्रमुख श्रेष्ठले जानकारी दिए।

नारायणहिटी संग्रहालय खुलेको करिब एक दशक पछि थप ९ वटा कक्ष सहित २४ कक्ष खुला भएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरे लगत्तै २०६५ फागुन १५ देखि संग्रहालयका रुपमा सर्वसाधारणका निम्ति खुला गरिएको थियो।

७ सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी सग्रहालय भने दरवारले ३ सय १८ रोपनी क्षेत्रफलमा मात्रै सिमित छ। राजा पृथ्वी वीरबिक्रम शाहको शासनकालमा तत्कालिन राणा प्रधानमन्त्री रणोद्धिप शाहको कार्यकालमा निर्माण भएको नारायणहिटी दरबार विसं १९९० सालमा भुकम्पले क्षति पु¥याएको थियो।

पछि तत्कालिन राणा प्रधानमन्त्री वीर शमसेरको कार्यकालमा हालको प्यागोडा शैलीको दरबार निर्माण गरिएको थियो। विसं २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण भएको थियो । तत्कालिन राजा महेन्द्रको शासनकालमा नारायणहिटी दरबार पुनर्निमाण गरिएको थियो ।

राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्र सम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यको जन्मेको सो भवनमा रहेका सबै कक्ष खुला गर्न अझै केही वर्ष लाग्ने संग्रहालय प्रशासनले जनाएको छ। नेपाल समाचारपत्र दैनिक

२०७५ मंसिर ४ गते ३:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर