उपराष्ट्रपति पुन साताव्यापी अष्ट्रिया भ्रमण सकेर आज स्वदेश फर्कँदै

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १८ गते ३:४३

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन साता व्यापी अष्ट्रिया भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् ।

अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा जलवायुसम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन जेठ १२ गते अष्ट्रिया प्रस्थान गरेका थिए ।

उप राष्ट्रपति पुन कतार एअरवेज मार्फत दोहा प्रस्थान गरेको र आज दिउँसो सवा तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने विमानस्थल स्रोतले जनाएको छ।

उप राष्ट्रपति पुनले अष्ट्रिया रहँदा राष्ट्रपति बेलेनसँग दुई पक्षीय भेट वार्ता गरेका थिए ।

२०७६ जेठ १८ गते ३:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर