साइबेरियामा सुन खानी भत्किँदा १५ को मृत्यु, १३ जनाभन्दा बढी वेपत्ता

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ३ गते १:५०

मस्को । रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । घटनामा कम्तीमा १३ जना पुरिएर वेपत्ता भएका बताइएको छ ।

गैरकानूनी रूपमा सुन निकाल्न साइबा नदीमा बनाइएको गैरकानूनी बाँध भत्किँदा क्रास्नोभास्र्कस्थित खानीमा काम गर्ने श्रमिकको मृत्यु भएको रूसले जनाएको छ ।

खानीमा काम गर्ने श्रमिक सुतिरहेको समय बाँध फुटेर आएको हिलोसहितको पानीले उनीहरूलाई बगाएको रूसी सञ्चारमाध्यमहरूले बताएका छन् ।

घटनापछि करिब ३०० उद्धारकर्मी र छ हेलीकोप्टर खानीमा पुगेका र वेपत्ताहरूको खोजी भइरहेको रूसी विपद् व्यवस्थापनमामिला हेर्ने मन्त्रालयले जानकारी गराएको छ ।

तर घटनास्थल निकै दूरदराजमा रहेकोले उद्धार प्रयास निकै कठिन भएको अधिकारीहरूले बताएका छन् ।

उक्त घटनामा परी घाइते बनेका १४ जनालाई अस्पताल पठाइएको र तीमध्ये दुईजनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

रूसका हिमाली तथा पहाडी क्षेत्रमा गैरकानूनीरूपमा सञ्चालनमा रहेका खानीहरूमा आवश्यक सुरक्षामा ध्यान नपु¥याइँदा बर्षेनी सयौँ श्रमिकको अकालमा ज्यान जाने गरेको छ ।

२०७६ कार्तिक ३ गते १:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर