मलेसियामा विषाक्त रक्सी सेवनका कारण मर्नेको संख्या ७ पुग्यो (नामावलीसहित)
आजको खबर | प्रकाशित : २०७५ असोज ५ गते १४:२०
निर्मला घिमिरे, काठमाडौँ । मलेसियामा १७ सेप्टेम्बरमा भएको विषाक्त मदिरा सेवनको घटनामा हालसम्म मृत्यु हुनेको संख्या ७ जना पुगेको छ। मृत्यु हुनेहरुमा बसेरी ३ धादिङका भीमबहादुर घले, मसिना–६ रुपन्देहीका रामकुमार यादव, अमरगढी ५ डडेल्धुराका विशाल बुढाथोकी, सुनसरी ९ का संजय उराव, सिद्धिथुम्का इलाम ९ का बलबहादुर कुलुङ राई, पत्थरकोट ६ सर्लाहीका आइत सिंह गोले, र देउराली ८ नवलपरासीका दुर्गा सिंह राना रहेका छन्।
दुतावासको पछिल्लो विज्ञप्तीमा मृतकहरुको शव सबै अस्पतालमा नै रहेको उल्लेख छ। मृतकहरुको पोष्टमार्टमको काम भइरहेको र थप अनुसन्धान भइरहेको मलेसियास्थित नेपाली दुतावासले जानकारी दिएको छ। अस्पतालमा भर्ना भएकामध्ये हालसम्म १२ जना उपचाररत छन् । यीमध्ये ४ जना गम्भीर रहेको दुतावासले जनाएको छ।
राधेश्याम बैठा, सकुबल सिहं, विमल कार्की, चम्पावति राईको अवस्था गम्भीर छ। अन्य ७ जना लोकबहादुर बराम, राजेश कुमार हजारी, सेतबीर तुम्बाप्पो, जम्बिरलाल झाँगड, दातेबहादुर सारु मगर, चन्द्रसिहं तामाङ र रिकामान स्याङतान सुधारोन्मुख अबस्थामा रहेका छन् भने ५ जनाको उपचार पछि डिस्चार्ज भइसकेको छ।
लंगुनाथ मगर, जीतबहादुर माझी, प्रविन थारु, दुर्गाबहादुर राई र भागीमान डाँगी डिस्चार्ज भइसकेका छन्। मृतकहरुको शव पोष्मार्टम र थप अनुसन्धान पछि नेपाल ल्याउन पहल गर्ने समेत दुतावासले जनाएको छ।